Breaking News
गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण सहज बनाउन गठन गर्यो विज्ञको टोली
०

काठमाडौँ, पुस १६-
गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ विज्ञको टोली गठन गरेको छ । उल्लिखित डकुमेन्ट प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले टोली गठन गरेको हो ।
गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार परिचय पत्र वितरणमा देखिएको समस्यालाई मध्यनजर गर्दै सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको छ ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए । उनले राहदानी भागमा अनुगमन समेत गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























