Breaking News

निराकार पाण्डेको हृदयविदारक भ्वाइस मेसेजः दाइ मेरो लाश नेपाल पठाउन पहल गरिदिनू है

Banner

काठमाडौँ, पुस १६–

झापाका निराकार पाण्डे दशैँअघि पहिलो पटक कम्बोडिया पुगेका थिए । पर्यटक भिसामा कम्बोडिया पुगेका उनले त्यतिबेला सो देशको वातावरण राम्रो रहेको भन्दै आफूलाई लोभ्याएको निकटस्थलाई बताएका थिए । भिसा अवधि एक महिनामात्रै भएकाले उनी त्यतिबेला बसाइ छोट्याउँदै नेपाल फर्किए । तिहारपछि फेरि उनी दोस्रो पटक थाइल्याण्ड हुँदै कम्बोडिया पुगे ।

तर, बिडम्बना दोस्रो पटकको उनको कम्बोडिया यात्रा हृदयविदारक घटनाको रुपमा टुंगिएको छ । बिहीबार राति कम्बोडियोको क्यासिनोमा उनी एक साथी (नेपाली वा विदेशी नखुलेको) सँगै पुगेका थिए । थाइल्याण्डको सीमा नजिकै पर्ने पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको भीषण आगलागीका क्रममा उनको दुःखद निधन भएको हो । क्यासिनोका १२ औं तलामा बसेका उनी लामो समयसम्म उद्धार हुन नसकेपछि झ्यालबाट हामफालेको खबर प्राप्त भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले जानकारी दिए । झ्यालबाट हामफालेका उनको घटनास्थलमै मृत्यु भएको थियो ।

एनआरएनए कम्बोडियाका अध्यक्ष खड्कालाई पाण्डेले तीन वटा अडियो क्लिप पठाएका छन् । जसमा उनले आफ्नो उद्धारको अनुनय गर्दै मृत्यु भएमा शव नेपाल पठाइदिन आग्रह गरेक छन् । उनले एउटा भ्वाइस मेसेजमा भनेका छन्, ‘मेरो नाम निराकार पाण्डे हो । झापा जिल्लाको बिर्तामोड १ मा मेरो घर छ । मेरो बुबाको नाम अग्निप्रसाद पाण्डे हो । मेरो मिसेको नाम शशीकला लोहनी हो । पोइपेटको ग्राण्ड डायमण्ड सिटी होटलमा छु । मेरो रुम नम्बर १२२७ हो दाइ, यहाँ भीषण आगलागी भयो । मैले तपाईँको नम्बर मेरो सिमेसलाई पनि दिएको छु । उसले सायद भोलि तपाईँलाई सम्पर्क गर्छ होला । दाइ, बाँचे भने सम्पर्क गर्छु, मर्यो भने मेरो लाश ल्याउनका लागि, नेपाल पठाउनका लागि पहल गरिदिनु होला है दाइ । होटल पोइपेट बोर्डरसँगै छ। यो थाइल्याण्डको बोर्डरसँगै छ ।

१३ सेकेन्डको अर्को एउटा भ्वाइस मेसेज पनि उनले पठाएका छन् । त्यसमा भनेका छन्, ‘पोइपेटको होटल ग्राण्ड डायमण्ड होटलमा भीषण आगलागी भएको छ है दाइ । मेरो लास नेपाल पठाउनका लागि पहल गर्दिनु होला है दाइ ।’ जुन अडियो क्लिप छाडेर पाण्डे कहिल्यै नफर्किने गरी संसारबाट बिदा भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>