मनोरञ्जन

‘कमेडी च्याम्पियन’ को तेस्रो सिजनको अडिसन पुस २७ देखि सुरु हुने

Banner

काठमाडौं, पुस १५-

चैत दोस्रो सातादेखि टेलिभिजनमा प्रसारण हुने ‘कमेडी च्याम्पियन’ तेस्रो सिजनले अडिसन पुस २७ गतेदेखि माघ १६ गतेसम्म खुलाएको छ ।

निर्देशक विशाल भण्डारीका अनुसार प्रतिस्पर्धामा भाग लिन इच्छुकले सहभागी हुन पे वेल एप डाउनलोड गरेर ५ मिनेटसम्मको भिडियो पठाउन सक्नेछन् । भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराइने उनले जानकारी दिए ।

‘कमेडी च्याम्पियन’को पहिलो सिजन हिमेश पन्तले जितेका थिए भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>