Breaking News

हिमालमा भू-भागमा हिमपात, पहाडमा वर्षा, तराईमा हुस्सु

Banner

काठमाडौं,पुस १५-

केही दिन यतादेखि निरन्तर चिसो बढ्दै जाँदा दैनिक जनजीवन समेत प्रभावित हुन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिमाली भू-भागमा हिमपात, पहाडमा वर्षा र तराईमा हुस्सु तथा पहाडमा कुहिरो लग्दा चिसो बढ्दै गएको छ । जसका कारण दैनिक जीवन प्रभावित हुने गरेको विभागको भनाइ छ । आज पनि सडक तथा हवाई यातायात सेवामा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागहरुमा हुस्सु र कुहिरो लागेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>