मनोरञ्जन

अभिनेता सविन श्रेष्ठले मृत्युपश्चात अंगदान गर्ने

Banner

काठमाडौं, पुस १४-

अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने भएका छन्। बुधबार भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र पुगेर उनले मरणोपरान्त अंगदान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन्।

मृत्युपछि उनले मृगौला, मुटु, फोक्सो, कलेजो, प्यानक्रियाज, सानो आन्द्रा दान गर्नेछन्। उनले सम्झौता पत्र सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेका छन्, ‘मानवको मृत्युपछि शरीर खरानी हुने हो। एकबार पाएको मानव जुनीबाट केही त राम्रो काम गरुँ कि भनेर मृत्युपछि पनि कसैलाई काम त लाग्छु। यस कार्यबाट खुसी छु।’
उनले ‘अन्दाज, हिरो रिर्टन्स, लिलिबिली, रामप्यारी’ जस्ता फिल्ममा अभिनय गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>