Breaking News
बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा बहादुर लामा विजयी, इन्द्र बानियाँ ५ मतले पराजित
०

हेटौंडा पुस १३–
नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा संस्थापन पक्षका बहादुर लामा विजयी भएका छन् ।
संस्थापन पक्षबाट बाहिरिएका इन्द्र बहादुर बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन् ।
लामाले २१ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी बानियाँले १६ मत प्राप्त गरे । दलको नेता चुन्न आज दिउँसो प्रदेश राजधानी हेटौंडामा निर्वाचन भएको थियो । वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























