Breaking News
प्रदेश भागबण्डा: बागमतिसहित ४ प्रदेश एमालेलाई, माओवादीलाई २, मधेशमा जसपा र जनमतको आलोपालो
०

काठमाडौँ, पुस १३–
संघमा नयाँ सरकार बने लगत्तै प्रदेश समेत नयाँ सरकार बनाउने गृहकार्य थालनी भएको छ । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे आजदेखि छलफल सुरु भएको छ ।
सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् । एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपचिमको मुख्यमन्त्री लिने देखिएको एक नेताले बताए ।
मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























