Breaking News

पार्टी विभाजनको दुई वर्षपछि ओली पुगे खुमलटार

Banner

काठमाडौँ, पुस १३–

पार्टी विभाजन भएको दुईपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्न ओली प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

एमालेकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि ओलीको दौडधुप बढेको छ । पावर सेयरिङका विषयमा अझै गहन छलफल गर्नुपर्ने भएकाले ओली आज प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका हुन्।

यसअघि संसद विघटन गर्नु अघिल्लो दिन २०७७ पुस ४ गते साँझ ओली खुमलटार पुगेका थिए । प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्डबीच दुरी बढेको थियो।
खुमलटारमा प्रचण्ड र ओलीबीच सत्ता सहकार्य, भागबण्डा र आगामी यात्राको बारेमा छलफल हुने बुझिएको छ ।

ओली र प्रचण्डबीचको खुमलटार भेटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि बोलाइने स्रोतले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>