Breaking News
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छाडे बालुवाटार
०

काठमाडौँ, पुस १३–
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेका छन् ।
पूर्वप्रधानमन्त्री देउवा परिवारसहित आज (बुधबार) विहान बालुवाटारबाट धुम्बाराही सरेका हुन् ।
बुढानिलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित एक निजी घरमा भाडामा बस्ने बताइएको छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल केहीदिनमै सरकारी निवास बालुवाटार प्रवेश गर्दैछन् ।
उनी हाल निजी निवास खुमलटारमा रहेका छन् । सोही ठाउँबाट अहिले प्रधानमन्त्री दाहाल बधाई ग्रहण गरिरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























