Breaking News
गुल्मीमा रेबिज लागेर एक महिलाको मृत्यु

गुल्मी, पुस १३–
गुल्मीमा रेबिज लागेर एक महिलाको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका–६ की ४० वर्षीय रजुन शाहको रेबिजका कारण मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालले जानकारी दिए ।
शाहलाई गत मंसिर ११ गते एक्कासी पछाडिबाट आएर कुकुरले हातमा टोकेको थियो । त्यसलगत्तै उनी रेबिजविरुद्धको भ्याक्सिन लगाउन अर्घाखाँचीको फेदीस्थित एक निजी मेडिकलमा गएकी थिइन् । तर त्यहाँ उनले कुकुरले टोकेकोमा लगाउनु पर्ने एन्टी रेबिज भ्याक्सीन नलगाएको पाइएको अर्यालले बताए ।
उनको स्वास्थ्यमा दिनप्रति दिन समस्या बढदै गएपछि पुस ६ गते तम्घासको एक स्वास्थ्य संस्थामा उपचार गराएकी थिइन् । त्यहाँ उनलाई रेबिज लागेको संकामा काठमाडौंको शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्र टेकुमा रिफर गरिएको थियो । काठमाडौंमा उपचारको क्रममा उनलाई डाक्टरले रेबिज पूर्ण रुपमा शरीरमा फैलिएको पुष्टि गरेका थिए ।


























