मनोरञ्जन
तेस्रो पटक सुन्दर नेपालको प्रधानमन्त्री हुनुभएको भन्दै प्रचण्डलाई अभिनेता ओबरायले दिए बधाई
०

काठमाडौं, पुस ११-
तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बलिउड अभिनेता विवेक ओबरायले बधाई दिएका छन् । ओबरायले सुन्दर नेपालको प्रधानमन्त्री बनेको भन्दै सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।
नेपाल भ्रमणमा प्रचण्डसँगको भेटको तस्वीर सेयर ओबराय लेख्छन्, ‘बधाई छ कमरेड प्रचण्ड । तेस्रो पटक सुन्दर नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा । भर्खरै तपाईंसँगको भेटले सम्मानित महसुस गरायो । तपाईंले हामीलाई गर्नुभएको न्यानो माया र स्वागतले नेपालको विनम्रता र सांस्कृतिक करुणलाई झल्काउँछ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















