Breaking News

माओवादीले बोलायो पदाधिकारी बैठक, सत्ता गठबन्धनको बैठक पनि बस्दै

Banner

काठमाडौँ, पुस ११–

माओवादी केन्द्रले सोमबार बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए । श्रोतका अनुसार माओवादीले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाउने सहमति भएको छ ।

त्यसैगरी ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनको बैठक संसद् भवन नयाँ बानेश्वरमा तय भएको छ । गठबन्धनको बैठकपछि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>