Breaking News

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, शपथ भोलि

Banner

काठमाडौं,पुस १०-

प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै समर्थनसहित राष्ट्रपति निवास पुगेको थियो ।

आजै शपथको तयारी भए पनि समय अपुग भएकाले भोलिमात्रै शपथ गर्ने तयारी गरिएको छ । राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालकाअनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्त गरिएको छ भने शपथको तयारी भोलि हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>