Breaking News

प्रधानमन्त्रीमा दावी पेश गर्न राष्ट्रपति निवास पुगे प्रचण्ड

Banner

काठमाडौं, पुस १०–

नयाँ सरकार निर्माणमा आफ्नो दावी पेश गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र आइपुगेको हो । त्यसैगरी जनता समाजवादी पार्टीको पत्रको केहीबेरमा आइपुग्ने खवर आएको ढकालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>