Breaking News

बालुवाटारको बैठकबाट निस्केपछि प्रचण्डलाई देउवाको फोन: बर्बाद हुन्छ यार आउनुस्, प्रचण्डले भने- गठबन्धन टुंगियो

Banner

काठमाडौं, पुस १०-

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालुवाटारबाट अन्तिम छलफलका लागि गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह अश्वीकार गरेका छन् । उनले अब ढिला भइसकेको भन्दै गठबन्धन भंग भएको घोषणा गरेका हुन् ।

बिहानको बालुवाटार वार्तामा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि प्रचण्ड बालकोट जाने भन्दै बाहिरिएका थिए । बालकोट जान भनेर हिँडेका प्रचण्ड खुमलटारस्थित निवासमा पुगे ।

उनले त्यहाँ नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङसँग छलफल गर्दै गठबन्धन टुंगिएको र अब एमालेसँग मिल्ने जानकारी दिए । तीनैजना नेता एमालेसँग मिल्ने पक्षमा रहेकाले उनीहरुले प्रचण्डलाई ठिक गर्नुभयो भने ।

प्रचण्डले अब बालकोट जानुपर्छ भनेर तीनैजना नेतालाई लिएर हिड्न लाग्दा बालुवाटारबाट देउवाले प्रचण्डलाई फोन गरेका थिए ।

एक नेताका अनुसार ‘बर्बाद हुन्छ यार, आउनुस् आउनुस्, मिल्नुपर्छ, म मिलाउँछु’ भने । तर, प्रचण्ड अब ढिला भइसकेको भने आफू नआउने जानकारी गराएर बालकोटतिर लागेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>