Breaking News

प्रचण्ड बालकोट पुगेपछि पौडेलले भने- यो देशको अवस्था के हुन्छ भन्ने चिन्ताले मलाई सताएको छ

Banner

काठमाडौँ, पुस १०-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् । उनले हातबाट सबैथोक जान्छ कि भन्ने डर र यो देशको अवस्था के हुन्छ भन्ने चिन्ताले आफूलाई सताएको बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारको बैठक छाडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भन्दै हिँडेपछि पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

आइतबार नै बालुवाटारमा बोलाइएको सत्तारुढ गठबन्धनको बैठक पनि रोकिएको छ भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीसँग संवाद गर्न बालकोटतर्फ गएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>