समाचार

स्वास्थ्य मन्त्रालयले भन्यो–‘बीएफ ७’ पुष्टि भएको छैन, तर सावधानी अपनाउनू

Banner

काठमाडौं, पुस १०–

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुकमा फैलिएको कोभिड–१९ को नयाँ ‘भेरियन्ट बीएफ ७’ हालसम्म नेपालमा पुष्टि नभएको जनाएको छ। तर छिमेकी राष्ट्रमा उक्त भेरियन्टको सङ्क्रमण दर दिनानुदिन वृद्धि भइरहेकले सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

‘प्रारम्भिक प्रतिवेदनअनुसार यो भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई संक्रमण गर्ने देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले रोकथाम एवं नियन्त्रणका लागि सबै सजग र सचेत हुन जरुरी छ’, मन्त्रालयले भनेको छ।

कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र स्यानिटाइजर नियमित प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ। साथै कोभिड–१९ को अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन बाँकी रहेकाले स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले अपिल गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>