Breaking News

अज्ञात समूहको गोली प्रहारबाट धनुषामा युवकको मृत्यु

Banner

जनकपुरधाम, पुस १०–

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ। मुखियापट्टी मुसहरनिया गाउँपालिकामा शनिबार साँझ अज्ञात समूहको गोली प्रहारबाट सोही गाउँपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय धनुक दासको मृत्यु भएको हो।

गोली प्रहारबाट गम्भीर घाइते भएका दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेको र दासको बायाँ पाखुरामा गोली लागेको छ। स्थानीयले गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले घटनाबारे अनुसन्धान भइरहेको बताए। गोली कसले र किन चलाएको भनेर अनुसन्धान भइरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>