भिडियो

सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’मा टिकटककी ‘मिस पबी’ र रोशनको अभिनय

Banner

चितवन, पुस ९-

चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ ।

‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबी र रोसन केसीको अभिनय रहेको छ । जुम्लामा छायांकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् ।

संगीत र संगीत संयोजन भने उनी आफैले गरेका हुन् । भिडियोमा अभिनय गरेकी मोडल मिस पबी अर्थात पबित्रा सार्की डडेल्धुराको स्थानीय भाषा बोलेर नै टिकटकमा चर्चित छन । उनले डोटेली भाषामा बोलेको टिकटक भिडियोलाई दर्शकले रुचाउँदै आएका छन् । टिकटकमा करिब ९ लाख फ्लोअर्स भएकी मिस पवीले प्रतिनिधी सभाको चुनावका बेला प्रधानमन्त्री शेरबहादुरविरुद्ध लडेका सागर ढकालको पक्षमा मत मागेकी थिइन् ।

भिडियो सार्वजनिक कार्यक्रममा उनै सागर, जुम्लाबाट हालै प्रतिनिधिसभामा बिजयी सांसद ज्ञानेन्द्र शाही, सरसफाइ अभियन्ता केपी खनाललगायतको उपस्थिति रहेको थियो । गायक गिरीकै स्टोरी र कन्सेप्टमा तयार भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन् । जुम्लामा छायाङ्कन गरिएको भिडियोलाई बिवेक विकले खिचेका हुन् । भिडियो गायक गिरीको अफिसियल च्याननलबाट बजारमा ल्याइएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>