Breaking News
दर्शनका लागि जनकी मन्दिर पुगेका ज्ञानेन्द्रलाई समर्थको नाराः राजा आऊ देश बचाउँ
०

जनकपुरधाम, पुष ९-
पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ तथा दर्शन गरेका छन् । शुक्रबार पूर्वबाट मधेशको राजधानी समेत रहेको जनकपुरधाम आएर बसेका थिए । हिजो साँझ गंगा आरतीमा सहभागी भएका उनले आज जानकी मन्दिर पुगेर दर्शन तथा पूजापाठ गरे ।
पूर्वराजा ज्ञानेन्द्र जानकी मन्दिर पुगेपछि समर्थकहरुले ‘राजा आउ, देश बचाउ’ नारा लगाएका छन् । मन्दिरमा उनलाई महन्थ, साधुसन्त र हजारौं समर्थकले स्वागत गरेका हुन् ।
जानकी मन्दिरले पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि रेट कार्पेट विच्छाइएको थियो । परिवारसहित आएका उनले हिजो राति जिरोमाइलस्थित सिताशरण होटलमा बिताए । आज बृहत्तर जनकपुर परिसरमा खुलेको सुविधासम्पन्न होटल सोल्टीमा बस्ने बुझिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























