अन्तर्राष्ट्रिय

जीवनसँग जोडिएका अनेक किस्सा सुनाउँदै अमिताभ भने अग्लो भएरै कुटाई खान्थे

Banner

भारत, पुस ९-

टेलिभिजन शो ‘कौन बनेगा करोडपति’को मञ्चमा अभिनेता अमिताभ बच्चन आफ्नो जीवनसँग जोडिएका अनेक किस्सा दर्शकलाई सुनाउन पछि पर्दैनन् । कैयौं पटक उनका किस्साले फ्यान भावुक पनि भएका छन् । हालैमात्र उनले आफ्नो उचाईका बारेमा अनेक किस्सा सुनाए ।

उनले शोको पछिल्लो भागमा आफ्नो स्कुलको दिनको सम्झना गरेका छन् । यो कुराको सुरुवात प्रतिष्पर्धी काशवी शर्माबाट भयो । फास्टेस्ट फिंगर फस्ट राउण्ड जितेर काशवीले हट सिटमा बस्ने मौका पाइन् । काशवीको कुरा गर्दै अमिताभले स्क्रिनमा उनको रिपोर्ट कार्ड देखाए । कार्ड हेर्नासाथ काशवीले आफूलाई आफ्नो कम उचाई मन नपरेको बताइन् ।

उचाईको कुरा गर्नासाथ अमिताभले आफ्नो स्कुलको दिन सम्झिाए । ‘मैले स्कुलमा उचाईकै कारण धेरै समस्या भोगें । हामीलाई स्कुलमा बक्सिङ सिक्न जरुरी थियो । तर अग्लो उचाईका कारण मलाई सिनियर समूहमा राखिदिए । म स्कुलमा धेरै कुटाई खान्थे, किनकी म अग्लो थिएँ ।’ उनले भनेका छन् । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>