मनोरञ्जन

‘अवतार २’लाई पहिलो साता नेपालमा ४ करोड हाराहारीको कमाइ

Banner

काठमाडौं, पुस ९-

जेम्स क्यामरुन निर्देशित हलिउडको साइन्स-फिक्सन फिल्म ‘अवतारः द वे अफ वाटर’ले नेपाली बक्स अफिसमा पहिलो साता आक्रामक कमाइ गरेको छ ।

नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले बिहीबार सात दिनसम्म चार करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको हो । शनिबारको बिदा र आइतबार पनि क्रिसमसको सार्वजनिक बिदा भएकाले फिल्मको कमाइ साढे पाँचदेखि ६ करोडसम्म हाराहारीमा हुने प्रक्षेपण गरिएको छ ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>