मनोरञ्जन

मिस कुमाल तनहुँ सिजन–२ को आवेदन खुल्यो

Banner

चितवन, पुस ९–

मिस कुमाल तनहुँ सिजन–२ मा भाग लिन चाहनेको लागि आवेदन खुलेको छ । एएस क्रियटिभ मल्टिमिडिया एण्ड इभेन्ट प्रालिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । आवेदन शुल्क २०० रुपैयाँ रहेको छ ।

१६ देखि २९ वर्षसम्मका अविवाहितले प्रतियोगितामा भाग लिन सक्ने इभेन्टका प्रमुख सुमन कुमालले जानकारी दिए । इच्छुक व्यक्तिले फेसबुक पेज एएस क्रियटिभ मल्टिमिडिया एण्ड इभेन्ट प्रालि सर्च गरेर त्यहाँ उपलब्ध सम्पर्क नम्बरमा फोन गरी आवेदन दिन सक्ने कुमालको भनाइ छ । आवेदकमध्ये प्रतियोगिताका लागि छानिएका प्रतियोगीले तालिमको लागि १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने उनले बताए ।

विभिन्न प्रतियोगितामा प्रशिक्षकको भुमिका निर्वाह गरेकी रिता मगरले यस प्रतियोगिताका प्रतियोगीलाई तालिम दिनेछिन् । प्रतियोगीको शैक्षिक योग्यता एसईई उत्तीर्ण हुनुपर्ने छ । प्रतियोगितामा विजेता हुने प्रतिस्पर्धीले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यससंगै क्राउन, ट्रफि, प्रमाणपत्रले सम्मान गरिने छ । विजेताले म्युजिक भिडियोमा अभिनय गर्न पाउने छन् भने दुई वर्षसम्म डान्स तालिम लिन पाउने छन् । अन्य गिफ्ट ह्याम्परहरु पनि रहेको बताइएको छ ।

फस्ट रनरअपले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । सेकेन्ड रनरअपले १५ हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन् । ‘भाषा संस्कृति र जातीको उत्थान, मिस कुमाल तनहुँको अभियान’ भन्ने मुल नाराका साथ गर्न लागिएको यस इभेन्टको सिजन–१ को विजेता शसि कुमाल हुन् । फस्र्ट रनरअप लालकुमारी कुमाल र सेकेन्ड रनरअप सरस्वती कुमाल भएका थिए । यस्ता खालको इभेन्टले प्रतियोगिलाई हौसला प्रदान गर्नुका साथै व्यक्तित्व निखार्न सहयोग पु¥याउने आयोजकको विश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>