चितवन विशेष

रामनगरमा निर्माणधिन खानेपानी आयोजनाको मेयर दाहालद्धारा अनुगमन एवम् निरीक्षण

Banner

चितवन,पुस ८-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको रामनगर क्षेत्र र ठिमुरामा निर्माणधिन अवस्थामा रहेको खानेपानी आयोजनाको शुक्रबार अनुगमन एवम् निरीक्षण गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर–१ मा अवस्थित ढयाङ्ग्रे खोलामा निर्माणधिन खानेपानी आयोजना र ठिमुरामा भइरहेको डिप बरिङ्ग हाल्ने कामको निरीक्षण गर्नुभएको हो ।मेयर दाहालले खानेपानी आयोजनाको प्रगतीबारे स्थलगत अवलोकन गरी छिटोभन्दा छिटो काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

करिब २ महिनाअघिदेखि रामनगरबासीलाई लक्षित गरेर ढयाङ्ग्रे खोलामा निर्माण भएको १ लाख लिटर क्षमताको रिर्जभ ट्याङ्कीको काम सकिएको छ । अब पम्प मार्फत मुहानदेखि ओभर हेड ट्याङकीसम्म पाईप पुराउने काम बाँकी रहेको छ । ठेकेदारका अनुसार अबको एक महिनाभित्र यो कामले पुर्णता पाउने छ । महानगरपालिकाले यसै स्थानमा अर्को दीर्घकालिन महत्वको खानेपानी परियोजना अघि बढाएको महानगरपालिका प्रमुख दाहालले जानकारी दिनुभयो ।

महानगरपालिका प्रमुख दाहालका अनुसार भरतपुरका २९ वटै वडामा बाहिर प्रचार गरेको जस्तो खानेपानीको अभाव नरहेको उल्लेख गर्नुभयो । संविधानले ग्यारेण्टी गरेको खानेपानी उपभोगको अधिकारलाई मध्यनजर राख्दै ठुलाठुला परियोजनाहरु निर्माणधिन अवस्थामा रहेको प्रमुख दाहालको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>