Breaking News

पिकअपको ठक्करबाट एक बालकको मृत्यु

Banner

चितवन, पुस ८–

राप्ती नगरपालिका–२ गड्यौलि मा पिकअपले ठक्कर दिँदा पैदल यात्री एक बालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट नारायणघाट तर्फ आउँदै गरेको प्र.२–०३–००१ च १७९२ नं. को महेन्द्र पिकअपले भारत घर भई हाल गड्यौली बस्ने महमद एकलासलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बिहान अन्दाजी ६ बजेर ४५ मिनेटको समयमा ठक्कर दिएको अन्दाजी ९ वर्षका महमदको टाउकोमा चोट लागेर गम्भिर अवस्थामा उपचारको क्रममा पुरानो मेडिकल कलेजमा पठाइएको थियो ।

बिहान ८ बजेर ८ मिनेट जाँदा डाक्टरले उपचारको क्रममा मृत घोषणा गरेका हुन् ।

ठक्कर दिने पिकअप र चालक बारा जितपुर–७ का दिपेन्द्र झा प्रहरी नियन्त्रणमा छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>