Breaking News

उपत्यका बाहेक बागमती प्रदेशमा पाँच महिनामा सवारी दुर्घटनाबाट १४२ को मृत्यु

Banner

चितवन, मंसिर ८–
बागमती प्रदेशमा (उपत्यकाका तीन जिल्ला बाहेक) यस आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा सवारी दुर्घटनाबाट १४२ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार यस आवको साउनदेखि मंसिरसम्मको अवधीमा ६३९ वटा सवारी दुर्घटनामा परी १४२ जनाको मृत्यु र १ हजार ४२३ जना घाइते भएका छन् ।

बागमती प्रदेशमा भएको सवारी दुर्घटनाको कारण विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना मानवीय त्रुटिका कारणले हुने गरेको बागमती प्रदेश प्रहरीका प्रवक्ता दिपक रेग्मीले जानकारी दिए ।

सवारी दुर्घटनामा सबैभन्दा बढी २ पाङ्ग्रे (मोटरसाईक/स्कुटर) संलग्न रहेका छन् । यस आर्थिक वर्षमा बागमती प्रदेशका बिभिन्न जिल्लाहरुमा बिभिन्न १६७ वटा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए । त्यस्तै, २ हजार ८४२ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरि मर्मत तथा सुधार गर्न लगाईएको छ ।

तिब्र गतिमा सवारी चलाउँदा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि मकवानपुर, सिन्धुली, चितवन, काभ्रे र धादिङ जिल्लामा टायम कार्ड लागु गरिएको छ । १० जिल्लाका बिभिन्न ४२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी नागरिकहरुलाई सेवा प्रदान गरिएको छ । यसैगरी यस अवधीमा ट्राफिक नियम उल्लंघनका घटनाहरुबाट संकलित ९ करोड ३१ लाख ८१ हजार ५०० रुपैया जरिवाना राजश्व खातामा जम्मा गरिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>