Breaking News

आज भरतपुरका तीन वडामा दिनभर विद्युत अवरुद्ध हुने

Banner

भरतपुर, पुस ८–

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रद्वारा वितरित भरतपुर–२ फिडर आज दिनभर सटडाउन हुने भएको छ । मर्मत सुधारको लागि भन्दै बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म भरतपुर २ फिडर सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ।

८/९ मिटर पोलको स्थानमा ११ मिटरको पोल बदली गरि लाईन मर्मत सुधार गर्नुपर्ने भएकाले फिडर सटडाउन गर्नुपरेको केन्द्रका इन्जिनिर राजेन्द्र पौडेलले बताएका छन् । फिडर सटडाउन हुने भएपछि भरतपुर महानगरपालिकाको वडा नं ८, ९ र १२ मा विद्युत अवरुद्ध हुने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>