चितवन विशेष

अव चितवन २ मा जे परेपनि हेलो रवि,सांसदले गुनासो संकलन सुरु गरे

Banner

चितवन,पुस ७-

चितवन क्षेत्र नम्वर २ का नवनिर्वाचित सांसद रवि लामिछानेले हेलो रवि अभियानको सुरुवात गरेका छन् । उनले आज फेसबुक पोष्ट मार्फत अभियानको सुरुवात गरेको जानकारी दिएका छन् । उनले लेखेका छन् ।

आज ३ ओटा पोस्ट गर्नेछु, यो पहिलो हो।

हामीलाई संसद सम्म पुर्याउन मद्दत गर्नु हुने देश भरीका तथा विदेशमा समेत रहनु हुने सम्पुर्णमा आभार व्यक्त गर्दछौं। मलाई विश्वास गरेर सर्वाधिक मतान्तरले विजयी गराउनु हुने चितवन २ का आदरणीय मतदाता ज्युहरुलाई विशेष धन्यवाद दिन चाहन्छु। देश भरिका नागरिकका मुद्दा हाम्रो जिम्मेवारी हो। तर शुरूवात चितवन २ बाट गर्दैछु। चितवन २ मा जे परे पनि मलाई सूचना दिनु होला। अहिलेलाई WhatsApp म्यासेज मार्फत (कल होईन) गुनासो सुचना संकलन गर्नेछु।हाम्रा अन्य प्रत्यक्ष निर्वाचित सांसदज्यु हरुले पनि आफ्ना मतदाताका लागि आफ्नो नम्बर सार्वजनिक गर्दै हुनुहुन्छ। थप २ वटा पोस्ट आजै केही समयको अन्तरालमा ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>