Breaking News

ओली-प्रचण्ड कानेखुसी, सत्ता सहकार्यका लागि प्रस्ताव

Banner

काठमाडौं,पुस ८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् भवन परिसरमा बिहीवार माओवादी अध्यक्ष प्रचण्डसँग भएको छोटो कुराकानीमा सत्ता सहकार्यका लागि प्रस्ताव गरेको खुलेको छ । एउटै सोफामा बसेका ओली र प्रचण्डबीच भएको संक्षिप्त कुराकानीसँग जानकार  स्रोतका अनुसार ओलीले प्रचण्डलाई तयार हुनुस् भनेका हुन् ।

ओली कमरेडले प्रचण्डलाई तपाईं तयार हुनुस् भन्नुभएको हो, विश्वस्त स्रोतले भन्यो, जवाफमा प्रचण्डले आनाकानी गरेजस्तो गर्नुभएको थियो । उहाँले थोरै अन्कनाउँदै तयार हुँदैछु भन्ने जवाफ दिनुभयो ।नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला पुनस् वामपन्थी गठबन्धनको चर्चा भित्रभित्रै चलिरहेको छ । त्यसो त प्रचण्डले औपचारिक रूपमा भने वर्तमान गठबन्धन कायमै रहन्छु भन्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>