भिडियो

गायिका अन्जु पन्तको नयाँ गीत ‘मायाको सुरुवात’ सार्वजनिक

Banner

चितवन, पुस ६-

गायक अभिनय यादव र गायिका अन्जु पन्तका ‘मायाको सुरुवात’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम र रोमान्सलाई आकर्षक रुपमा प्रस्तुत गरिएको गीतमा प्रेमका सुनौला पलहरुलाई समेटिएको छ । गीतमा रविमान शिंह बस्यालको शव्द तथा टिका बोम्जनको संगीत रहेको छ ।

साहष शाक्यको संगीत संयोजनमा मायाले संसार भर्ने कुरा आफ्नी प्रेमिकालाई बाचा गरेका गरेका छन् गायकले । सरोज अधिकारीको छायांकन , विकास धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोलाई निकै आकर्षकरुपमा निर्माण गरिएको छ । गीतको भिडियोमा लोकप्रिय नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठले अभिनय गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>