समाज

बिहेमा नाच्न नदिँदा झगडा, एक जनाको ज्यान गयो

Banner

पर्सा, पुस ६-

पर्सामा बिहेको पार्टीमा झगडा हुँदा एक जनाको ज्यान गएको छ । हिजो राति भएको झगडामा पर्साको जिराभवानी गाउँपालिका-४ का ३६ वर्षीय सैमुल्लाह राउतको ज्यान गएको हो ।

त्यही ठाउँका २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झै(झगडा हुँदा कुटपिट भएर सैमुल्लाहको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते सैमुल्लाहलाई उपचार गर्न नारायणी अस्पताल वीरगञ्जमा पुर्‍याउँदा डाक्टरले ज्यान गएको घोषणा गरेको हो ।

प्रहरीका अनुसार साबिर राउत गद्दीको विवाहमा सैमुल्लाह राउत गद्दी पनि गएको र विवाहमा नाचगान गर्ने व्यक्तिलाई सैमुल्लाहले नाच्न नदिएको विवादमा झगडा भएको थियो । झगडा हुँदा जाजुल राउत गद्दीसमेतको टिमले सैमल्लाहलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>