Breaking News
कांग्रेस संसदीय दलको नेतामा भारी मतान्तरले देउवा निर्वाचित, गगनलाई जम्मा २५ मत
०

काठमाडौं, पुस ६-
नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । नेता वीरबहादुर बलायरका अनुसार देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका हुन् ।
निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























