Breaking News
सुत्केरी भएर भर्ना भएकी कांग्रेस सांसद राईले अस्पतालबाटै हालिन् भोट
०

काठमाडौं, पुस ६-
सांसद माया राईले नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा अस्पतालबाटै भोट हालेकी छन् ।
उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनीको मत संकलन गरेका हुन् । निर्वाचन समितिका एक जना सदस्य प्रकाश रसाइली (स्नेही)ले सांसद राईले अस्पतालबाटै भोट हालेको पुष्टि गरे ।
नेपाली कांग्रेसका कूल ८९ सांसदहरुमध्ये सबैले भोट हालेको निर्वाचन समितिले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























