Breaking News
शेरबहादुर देउवाविरुद्ध गगन लड्ने निश्चित, शेखरले प्रस्ताव गर्ने
०

काठमाडौं, पुस ५-
कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवविरुद्ध महामन्त्री गगन थापा लड्ने भएका छन् । भावी प्रधानमन्त्रीमा थापालाई शेखर कोइरालाले प्रस्ताव गर्ने भएका हुन् ।
काठमाडौंको एक होटलमा आज बसेको बैठकले गगनलाई दलका नेताका रूपमा अगाडि बढाउने सहमति गरेको हो । कोइरालाले पनि यसअघि दाबी गर्दै आएका थिए । इतरसमूहमा लामो प्रयासपछि थापाको नाममा सहमति जुटेको हो ।
इतर समूहले अहिले आफ्नो पक्षका सांसदहरूसँग सामूहिक छलफल गर्दै छ ।
कांग्रेस दलको निर्वाचनका लागि आज दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । भोलि निर्वाचन हुनेछ । संस्थापन पक्षबाट देउवाले नै आकांक्षा उम्मेदवार हुनेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























