Breaking News
देउवाविरुद्ध लड्न शेखरले गगनलाई वाकओभर दिने संकेत
०

काठमाडौं,पुस ५-
नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट भावि प्रधानमन्त्रीमा गगन थापा साझा उम्मेदवार बन्ने सम्भावना बढेको छ । उक्त समूहका नेता शेखर कोइरालाले संसदीय दलको नेतामा गगनलाई समर्थन गर्ने संकेत गरेका छन् ।
आज बसेको गुट बैठकमा कोइरालाले त्यस्तो संकेत गरेका हुन् । यद्यपि, अन्तिम निस्कर्षमा पुग्न बाँकी छ ।
संसदीय दल निर्वाचनअघि दुवै नेता निर्णायक छलफलमा बस्ने भएका छन् । आज बिहान पनि शेखर र गगन छुट्टै वैठक बसेका थिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो समूहका नेता संजय गौतमले टिमलाई कोइरालाको नेतृत्वमा इन्ट्याक्ट राख्ने र मिलेर जाने विषयमा सहमति बनेको बताए ।
उनले दुवै नेता एक्ला एक्लै वैठकमा बसेपछि सुखद सन्देश आउने पनि उल्लेख गरे ।
गौतमले भने, ‘उहाँहरुमध्ये जो भएपनि हामीलाई स्वीकार्य छ, ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























