चितवन विशेष

भोलिदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक चार घण्टा बन्द हुने

Banner

चितवन,पुस ४-

नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक ११ बजे देखि ३ बजे सम्म बन्द हुने भएको छ । उक्त सडकको पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएको कारण पुस ५ गते देखि १ महिना सडक बन्द हुने नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताउनु भयो । नारायणगढ–मुग्लिङ सडक खण्डका मुग्लिङबाट नारायणगढ तर्फको २ नम्बर र ३ नम्बर पुनर्निर्माणको लागि ठुलो काट्नको लागि दैनिक ४ घण्टा सडक बन्द गरेर पहाड काट्ने काम हुने उहाँले बताउनुभयो ।

उक्त सडक खण्डमा १५ वटा पुल निर्माणको काम भइरहेकोमा ९ वटाको काम सम्पन्न भइसकेको छ । ४ वटा पुल निर्माणको लागि ठाडो कडा पहाड काट्नु पर्ने भएको कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भए पछि यातायात बन्द गरेर काम गर्नु परेको आयोजनाले जनाएको छ ।

उक्त समयमा वैकल्पीक राजमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । नारायणगढ–मुग्लिङ सडक खण्डमा १ अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>