अन्तर्राष्ट्रिय

विश्वकप समापनमा दीपिकाले गरिन् ट्रफी अनावरण, नोराले गाइन् ‘लाइट द स्काइ’

Banner

काठमाडौं, पुस ४-

आइतबार राती सम्पन्न फिफा विश्वकप फुटबलको फाइनल खेलमा बलिउड स्टारहरु पनि चम्किए । कतारको लुसैल रंगशालामा दीपिका पादुकोणदेखि नोरा फतेहीसम्म आकर्षणको केन्द्र बने ।

विश्व फेसन ब्राण्ड लुइस भिटनकी व्यवसायिक दूत समेत रहेकी अभिनेत्री पादुकोणले विश्वकपको चम्किलो ट्रफी अनावरण गरिन् । अर्जेन्टिना र फ्रान्सबीचको खेल हेर्न दीपिकाका पति तथा अभिनेता रणवीर सिंह पनि दोहा पुगेका थिए ।

त्यस्तै फिफा समापनमा बलिउड अभिनेत्री नोरा फतेहीले ‘लाइट द स्काइ’लाई हिन्दीमा गाउँदै मनोरञ्जन प्रदान गरिन् । अन्य बलिउड कलाकारले पनि विश्वकप फाइनल खेललाई लिएर उत्साह व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>