मनोरञ्जन
‘प्रदर्शनमा आएको दुई दिनमै अवतार २ ले नेपालमा कमायो २ करोड ४३ लाख ग्रस
०

काठमाडौं, पुस ४-
१३ वर्षपछि रिलिज भएको ‘अवतार’ को दोस्रो श्रृंखलाले वे अफ वाटरले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गरेको छ । जेम्स क्यामरुन निर्देशित हलिउड साइन्स फिक्सन ‘अवतार’ले नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले प्रदर्शनको दुई दिनमा २ करोड ४३ लाख रुपैयाँ ग्रस कमाइ गर्यो । शुक्रबार १ करोड १० लाख ओपनिङ गरेको फिल्मले शनिबार १ करोड ३० लाख कमाइ गरेको हो ।
मुलुकका ५० पर्दाबाट रिलिज भएको फिल्मले आज (आइतबार) ५० देखि ७० लाखबीच कमाइ गर्नसक्ने प्रक्षेपण गरिएको छ । सुरुवाती दुई दिनमा देशभरका मल्टिप्लेक्स खचाखच रहे ।
‘अवतार २’को उक्त कमाइमा काठमाडौं उपत्यकाको हिस्सा ७५ प्रतिशत र बाँकी उपत्यका बाहिरका हलको छ । बलियो वर्ड अफ माउथका कारण फिल्मले विकडेजमा राम्रो पिकअप लिने सम्भावना छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















