मनोरञ्जन

भुटानका रिहान गिरी भन्छन्- पहिले विवाह गर्ने सोच नभएपनि अहिले नेपाली केटीसँगै विवाह गर्ने धोको छ

Banner

काठमाडौं, पुस ४-

‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको सेमिफाइनल प्रतिस्पर्धाबाट बाहिरिएका भुटानका रिहान गिरीले नेपाली केटीसँगै बिहे गर्ने चाहाना भएको बताएका छन् ।

उनले नेपाल आउने सपना रहेको भन्दै नेपाली केटीसँगै विवाह गर्ने धोको समेत रहेको बताए । ‘सुरुमा त विवाह गर्ने सोच थिएन । अब भने सोच्दैछु कि नेपाली केटीसँग विवाह गरुम कि भनेर,’ उनले भने । तर कोसँग भनेर उनले खुलाएनन् ।

भुटानबाट आएका रिहान पप रक जनरामा गीत गाउन सिपालु रहेका थिए । उनले टिम राजु (राजु लामा)बाट प्रतिस्पर्धा गरेका हुन् । तर कम भोट ल्याएपछि सेमिफाइनलबाटै आउट भए ।  लगातार बटम थ्रीमा परेका रिहान बाहिरएपछि उनका फ्यान निराश हुनु स्वभाविक हो । तर भ्वाइसपछि उनको फ्यान फलोइङ बढेको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>