अन्तर्राष्ट्रिय

श्रीमतीसँगको झगडामा श्रीमानले २ वर्षे छोरालाई छतबाट फाले

Banner

दिल्ली, पुष २-

छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा श्रीमतीसँगको झगडामा श्रीमानले आफ्नै छोरालाई छतबाट फालेका छन् । २० वर्षीय ती युवकले आफ्नै २ वर्षीय छोरालाई छतबाट फालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार रक्सी खाएर श्रीमतीसँग झगडा गर्दा सो घटना घटेको हो । घाइते बालकको अहिले उपचार भइरहेको छ । रिपोर्टका अनुसार श्रीमान् श्रीमतीबिच सम्बन्धमा खटपट आएसँगै श्रीमती केही समय देखी आफ्नी हजुरआमाको घरमा बस्दै आएकी थिइन् ।

रक्सीले मातेका श्रीमान् शुक्रवार श्रीमती बसेको घरमा पुगेर झगडा सुरु गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>