Breaking News

माओवादीले पुस ३ गतेपछि मात्रै प्रचण्डलाई दलको नेता मान्ने

Banner

काठमाडौँ, पुस २-

निर्वाचन आयोगले यही पुस ३ गते प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिने तयारी गरेको छ। संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुनेमा माओवादीभित्र एकमत छ। तर प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने तयारी भएपछि प्रचण्डलाई पनि ३ गतेपछि मात्रै दलको नेता मान्ने तय भएको हो ।

माओवादीको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले भने, ‘पहिला निर्वाचन आयोगले आधिकारिक प्रमाणपत्र दिएपछि हामी दलको नेता चयन गर्छौ, दलको नेता चयनलाई लिएर हाम्रो पार्टीभित्र कुनै विमति छैन।’

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ माओवादी केन्द्रका १८ र समानुपातिकतर्फ १४ गरी माओवादी संसदीय दलमा ३२ जना हुने भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>