मनोरञ्जन
कबड्डी ४ पछि ५१ औं दिन मनाएको दोस्रो फिल्म महापुरुषले कमायो ११ करोड
०

काठमाडौं, पुस २-
हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले आज (शनिबार) ५१ औं दिन मनाउँदैछ । अहिले पनि मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शन भैरहेको यो फिल्म वर्ष २०७९ मा ५१ दिन सेलिव्रेसन गर्ने ‘कबड्डी ४’पछिको दोस्रो फिल्म हो ।
निर्माता म्याक्स दिपेश खत्रीले फिल्मले ५१ दिनसम्म १० करोड ७० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको जानकारी दिए । सुरुआती तीन सातासम्म कमाइ आक्रामक देखिएको थियो । तर ‘चार सातापछि फिल्मको रफ्तारमा कमी आएको पाइयो । जेहोस्, यो उपलब्धीलाई लिएर हामी सन्तुष्ट छौं’ खत्रीले भने ।
हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्मले एकल प्रौढ पुरुषको एक्लोपन, संघर्ष र मनोविज्ञानको कथा भन्छ । त्यो पात्रको जीवनमा प्रेमको प्रवेशपछि आउने आशावादिता र आत्मविश्वासलाई फिल्मले चित्रण गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















