Breaking News

पंकजलाई छुटाउन नेहाका ससुराले अदालतमा हाले मुद्दा

Banner

जनकपुर, पुस १-

डा. पंकज चौधरीलाई छुटाउन रामप्रेश चौधरीले अदालतमा मुद्दा हालेका छन् । घरेलु हिंसा गरेको आरोपमा नेहाले जिल्ला अदालत महोत्तरीमा दर्ता गराएको मुद्दामा उनका श्रीमान् पंकज पक्राउ परेका थिए ।

पंकजलाई तीन दिनअगाडि महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको थियो । तर रामप्रवेशले बिहीबार उच्च अदालत जनकपुरमा छोरा पंकजलाई छुटाउन बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका हुन् । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीका ससुरा रामप्रेश चौधरी छोरा डा. पंकज चौधरीलाई छुटाउन अदालत पुगेका हुन् ।

हाल जिल्ला प्रहरी कार्यालयमा राखेर डा. पंकज माथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>