मनोरञ्जन

मौनता तोड्दै शाहरुखले भने- संसारले जेसुकै गरोस्, सकारात्मक सोचका हामी जिउँदै छौं

Banner

भारत, पुस १-

शाहरुख खान स्टारर ‘पठान’ले टिजर रिलिजपछि निकै चर्चा पायो । यसपछि निर्माताले ‘बेसरम रङ’को गीत सार्वजनिक गरेपछि फिल्मले प्रशंसाभन्दा बहिष्कारको धम्की पाइरहेको छ ।

फिल्म बहिष्कारको तरंग सुरु हुँदा मौन देखिएका शाहरुखले यस प्रकरणमा भने मौनता तोडेका छन् । पठान बहिष्कार गर्नुपर्छ भन्ने पक्षले मुलुकलाई विभाजित गर्न खोजेको भन्दै शाहरुखले असन्तुष्टि जनाएका हुन् ।

उनले २८ औं कोलकाता अन्तर्राष्ट्रिय फिल्म महोत्सवको उद्घाटन समारोहमा भाग लिन पुगेका भने, ‘संसारले चाहे जेसुकै गरोस्, म र तपाईं जति पनि सकारात्मक सोचका मान्छे छौं, सबै जिउँदा छौं ।’ शाहरुखको यो अभिव्यक्तिको इशारा ती मान्छेतर्फ लक्षित थियो, जसले सामाजिक सञ्जालमा पठानविरुद्ध ट्रोल बनाइरहेका छन् ।

कार्यक्रममा शाहरुखले आफ्नो शैलीबाट दर्शकको मन जिते । उनले अमिताभ बच्चन र जयाको खुटट छोए । उक्त कार्यक्रममा बोलेका बलिउड निर्देशक महेश भट्टले पनि आजको राजनीतिक वातावरणमा भारतको युवापुस्ताले पश्चिमा विचारलाई अस्वीकार गर्न नसक्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>