चितवन विशेष
चितवनमा चिसो बढ्यो (फोटो फिचर)
०

चितवन, पुस १–
चितवनमा केहि दिन यता चिसो ह्वात्तै बढेको छ । जाडोको मुख्य महिना पुस आजदेखि सुरु भएको छ । जाडोसँगै बाक्लो हुस्सु लागेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।
स्वास्थ्य मन्त्रालयले मुलुकभर चिसो बढ्दै गएकोले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन मन्त्रालयले आग्रह गरेका हो ।