Breaking News

रेशमलाई छुटाउन ल्याइएको अध्यादेश प्रमाणीकरणको माग गर्दै काठमाडौंँमा थारु समुदायको धर्ना (फोटो फिचर)

Banner

काठमाडौँ, मंसिर २८–

सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै थारु समुदायले काठमाडौँको माईतीघर मण्डलामा धर्ना दिएका छन् ।

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले अध्यादेश ल्याउँदै प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पेश गरेको छ । सो अध्यादेशलाई प्रमाणीकरण गर्न माग गर्दै थारु समुदायले धर्ना सुरु गरेका हुन् ।

सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनशायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

थारु कल्याणकारिणी सभा र थारुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>