Breaking News

छिट्टै प्रधानमन्त्री बन्दैछु: अध्यक्ष प्रचण्ड

Banner

काठमाडौं, मंसिर २८-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पढेको विद्यालयमा पुगेर छिट्टै देशको प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताउनुभएको छ । आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘तपाईंको आशीर्वाद र शुभकामना लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु । यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु । मेरो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया बझ्नै नपाइ बित्यो । दोस्रो कार्यकाल देशको लागि केही महत्वपूर्ण काम गरे भन्ने गर्व छ ।’

उहाँले अहिले देशको शासन व्यवस्था र संविधानलाई गति दिने काममा सफल भएको बताउनुभयो। उहाँले आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने बताएउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>