Breaking News
चितवनमा बिहे भोज खाँदा बिरामी परेपछि रिसोर्टमा शील लगाईयो, सांसद रवि र सहायक सिडिओ पुगे
०

चितवन, मंसिर २७–
बिहे भोज खाएकाहरु बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा शील लगाईएको छ । आज साँझ सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्मा र चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाईएको हो ।
नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरुले भरतपुरमा रहेको उक्त रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका थिए । बिहे भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखला लाग्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । यी समस्या देखा परेका बिरामीहरुलाई नेशनल सिटी हस्पिटलमा भर्ना हुन आग्रह गरिएको होटलका प्रवन्ध निर्देशक जनार्दन रिजालले जानकारी दिए । उनका अनुसार ६६ जनाले उपचार समेत गराई सकेका छन् ।
अन्य २ सय भन्दा बढी बिरामी परेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























