Breaking News
दलका हिसाबले विभाजित भए पनि कानून बनाउने बेलामा एकजुट हुनुपर्छ: महामन्त्री गगन थापा
०

काठमाडौं, मंसिर २७-
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलका हिसाबले विभाजित भएपनि कानून बनाउने बेलामा विभाजित हुन नहुने बताएका छन् ।
प्रेस काउन्सीलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘संसदभित्र हामी कतिपय सन्दर्भमा राजनीतिक दलका हिसाबले विभाजित हुन्छौँ। तर, ऐन, नियम बनाउने क्रममा विभाजित हुनु हुँदैन। र हुँदैनौँ पनि ।’
‘संशोधनमा हाल्नुपर्छ भनेर तयार नै गरेर ल्याएको हुन्छ, फरक फरक पार्टीको मान्छेले दर्ता गर्दै गर्दा कस्तो हो भन्नेकुरा थाहा भइ नै हाल्छ, कसलाई भेटेछ भन्नेकुरा थाहा भइहाल्छ । किनभने त्यो कपिपेस्ट गरेर ल्याएको हुन्छ। आउने सरकारको मान्छेले थाहा पाउँछ। उसले त्यसलाई गम्भीरतापूर्वक लिँदैन ।’उनले भने
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























