मकवानपुर

हेटौँडामा पशुसेवा केन्द्र

Banner

वाग्मती, मंसिर २७-

कृषि तथा पशुको क्षेत्रमा लागेका किसानको सुविधाका लागि हेटौँडा उपमहानगरपालिकाले कमानेमा कृषि तथा पशु सेवा केन्द्र स्थापना गरिएको छ ।

हेटौँडा–८ र १५ मा रहेका किसानलाई लक्ष्य गर्दै स्थापना गरिएको उक्त सातौँ केन्द्र उपमहानगर प्रमुख मीना लामाले आज शुभारम्भ गर्दै कृषि तथा पशुमा लाग्ने रोगको जाँच तथा औषधि निःशुल्क उपलब्ध गराउने गरी नगरका विभिन्न ठाउँमा सेवा केन्द्र सञ्चालनमा ल्याइएको जानकरी दिनुभयो । “सेवा केन्द्रबाट पशुमा लाग्ने रोगको परीक्षणसहित निःशुल्क औषधि वितरण र कृषिको समस्या समाधानका लागि सहजीकरण गर्न प्राविधिकको व्यवस्था पनि गरिएको छ ।” सेवा केन्द्रमा रहेका प्राविधिकले कार्यालय समयमा किसानको घर–घरमा गएर सेवा दिने वातावरण बनाइने उहाँको भनाइ थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>